Section 21
सञ्चालकको अयोग्यता
देहायका कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैनः– (क) राजनैतिक दलको सदस्य वा पदाधिकारी, वा (ख) वाणिज्य बैंक वा वित्तीय संस्थासंगको कुनै कारोबारमा कालो सूचीमा परेको व्यक्ति, वा (ग) वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी, वा (घ) वाणिज्य बैंक तथा वित्तीय संस्थामा पाँच प्रतिशत वा सो भन्दा बढी शेयर वा मतदानको अधिकार भएको व्यक्ति, वा (ङ) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति, (च) बहुलाएको व्यक्ति, वा (छ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति ।